देउराली । धरानकाे ५ र १५ नम्बर वडाकाे सिमाना सेउती खाेलामा पक्की पुलकाे निर्माण सम्पन्न भएसंगै स्थानिय उत्साहित भएका छन् । केहि वर्ष अघि सडक कालाे पत्रे भएकाे तल्लाे देउरालीमा धरानकाे बजार क्षेत्रसंग जाेड्ने पक्की पुल बनेसंगै उत्साहित भएका हुन् ।
उत्साहित भएका स्थानियहरूले प्रकृती मैत्री वातावरण तथा सरसफाई समिती गठन गरी सडकाे दुई किनारमा वृक्षराेपण गर्नुका साथै पुल, मुख्य चाेक तथा सडकमा सिसि क्यामेरा समेत जडान गरेका छन् ।
आफ्नो ठाउँलाई आकर्सक र हरियाली बनाउन वृक्षाराेपण गरिनुका साथै अपराधिक तथा असामाजिक गतिविधि हुन नदिन सिसि क्यामेरा समेत जडान गरिएकाे समितिका अध्यक्ष धनकुमार राईले बताएका छन् । राईले समितिले सेक्टर वन कार्यालय सलकपुरकाे सहयाेगमा कपुर, निलाे शिरिश, कल्की, स्वामी लगायत २ सय थान भन्दा बढी विरूवाहरू ल्याइ मुख्य तथा साहयक सडकका दुई किनारामा लगाईएकाे बताएका छन् ।
पुल निर्माण सम्पन्न भएसंगै विभिन्न ठाउँबाट हावा खान तथा दृश्य अवलाेकन गर्न मान्रिसहरू आउन थालेपछि ट्राफिक निगरानी गर्नुका साथै अपराधिक तथा असामाजिक गतिविधि हुन नदिन स्थानिय तथा विभिन्न संस्थाहरकाे सहयाेगका सिसि क्यामरा समेत जडान गरेका समितिका सचिव विप्लक लिम्बुले बताएका छन् ।
उनले भने ' हाम्राे ठाउँलाई पर्यावरण मैत्री बनाउन खाेजेका छाैं । पुल निमार्ण भएसंगै यहाँ विभिन्न ठाउँबाट मानिसहरू आउन थाल्नु भएकाे छ , वहाँहरूकाे सुरक्षाकाे लागी पनि क्यामरा जडान गरेकाे हाे । ' उनले हाल ५ वटा क्यामरा जडान भए पनि चाडै नै थप ३ वटा क्यामरा जडान गर्ने बताएका छन् ।
करिब एक लाखकाे लागतमा स्थानियहरूले आर्थीक संकलनबाट जडान गरिएकाे उक्त सिसि क्यामरा जडानकलागी स्थानिय संस्था फुलबारी एकता समाजले २० हजार सहयाेग गरेकाे लिम्बुले बताएका छन् । त्यस्तै वृक्षराेपणका लागी भने १५ नम्बर वन समितिले ३ हजार ५ सय तथा जलकन्या वन सामुदायिक संस्थाले ५ हजार नगद सहयाेग गरेकाे उनले जानकारी गराएका छन् ।
फूड बजार बन्दै तल्लाे देउराली
पुल नजिकै १ वर्षा अघि देखी नै ब्राबाे वेवि क्युव रेस्टुरेन्ट समेत संञ्चालन गरेर बसेका लिम्बुले तल्लाे देउराली पछिल्लाे समय धरानमा अर्काे फूड मार्केटकाे रूपमा विकास हुदै गरेकाे बताएका छन् । पुल नजिक मात्र ५ भन्दा बढी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा मिनि रेष्टुरेन्ट संञ्चालनमा रहेकाे बताउदै लिम्बुले धरान मात्र नभएर धनकुटा, ईटहरी, दमक र विराटनगरबाट समेत मानिसहरू आउने गरेकाे बताएका छन् ।
पुल बने संगै मानिसहरू थप आकर्शित बनेकाे उक्त स्थानमा हाेटल तथा रेष्टुरेन्टहरू खेल्नेहरूकाे लहड लाग्न थालेकाे पनि लिम्बुले जनाएका छन् । उनले भने ' लकडाउनकाे अवस्थामा यहाँका हाेटलहरू संञ्चालनमा आएका थिएनन् मानिसहरू पनि अलि कम मात्र आउथे पुल बनेपछि भने साझकाे समयमा धरान आसपासका मानिसहरू आईरहनु भएकाे छ । लकडाउनकै समयमा पनि पुलमा बसेर हावा खान र दृश्य अवलाेकन गर्न मात्रै दिनभरीमा ५ सय भन्दा बढि मानिसहरू आईरहनु भएकाे छ । '