धरान / धरानको पुराना व्यवसायी अशोक ताम्राकारले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

सुनसरी उद्योगबाणिज्य संघका पूर्ण अध्यक्षसमेत रहेका ताम्राकारलाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउन सुनसरी उद्योग वाणिज्य संघले निर्णयसमेत गरेको छ ।
ताम्राकार धरानमा २०३४ सालदेखि व्यापार, व्यवसायमा जमेका छन् । उनी संघको साधारण सदस्य, कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुदै २०६४ देखि ०६६ सालसम्म एक कार्यकाल अध्यक्ष भएका हुन । अध्यक्ष रहदा सुनसरीका व्यवसायीहरुको हकहितमा उनले काम गरेका थिए ।

सुनसरीबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरे पछि  ताम्राकारलाई जिताउन सुनसरी उवासंघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठकाे संयोजकत्वमा  निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।  महासंघको ५४ औं बार्षिक साधारणसभा यही साउन २६ र २७ गते काठमाण्डौंमा हुदैछ ।