सिरहा /  प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेलको अगुवाईमा सरसफाई अभियान सुरु गरेका छन् ‌। प्रमुख जिल्ला अधिकारी कडेलको अगुवाईमा सिरहा सदरमुकामको विभिन्न भागमा सरसफाई गरिएको हो ।
सडक दुर्घटना कम गर्न र फोहरबाट हुन सकिने महामरीलाई ध्यानमा राखि जिल्ला अधिकारीको पहिलो प्राथमिकतामा सिरहा सदरमुकाम सरसफाई कार्यक्रमको अगुवाई प्रति नागरिक समाज खुशी भएका छन ।

‘सिरहा सदरमुकामको अवस्थालाई सुधारका लागि सकारात्मक पहलमा सबैको सहयोग हुनु पर्छ । सरसफाई एक दिन होइन् निरन्तर रुपमा चलिरहनु पर्छ ।’–प्रमुख जिल्ला अधिकारी कडेलले भने ।

सरसफाई कार्यक्रममा सिरहा नगरपालिका मेयर अशेश्वरप्रसाद यादब, जिल्ला समन्वय समिति सभापति रामचन्द्र ठाकुर, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासीको पनि सहभागीता रहेको थियो ।
सिरहा नगरपालिकाका बजारको मुल सडक ढल निकास नभएको कारण ठाउँ–ठाउँमा जिर्ण अवस्था रहेको छ ।