धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले विहीबारदेखि औपचारिक रुपमा आफ्नो कार्यभार ग्रहण गरेका छन् । रजिष्ट्रार पद रिक्त रहेको एकबर्ष पछि प्रतिष्ठानमा सरकारले पाँच बर्षका लागि स्त्री तथा प्रसुती विभागका प्रमुखसमेत रहेका प्राडा रेग्मीलाई रजिष्ट्रार नियुक्त गरेको हो ।

नवनियुक्त रजिष्ट्रारको स्वागत सम्मान तथा पदभार कार्यक्रममा प्राडा रेग्मीले आफु प्रतिष्ठानमै चिकित्साशास्त्र अध्ययन र प्राध्यापन गरेर लामो अनुभव भएकाले यहांको एक एक समस्यासँग जानकार रहेको बताए । उनले प्रतिष्ठानको हितकालागि सामुहिक निर्णयको आधारमा समस्या समाधान गर्ने बताए । उनले प्रतिष्ठानको आर्थिक श्रोतको पाटोलाई थप मजबुत बनाउन फाइनाइन्सियल सिस्टमलाई सुधार्ने प्रयत्न गर्ने बताए ।

उनले भने, ‘चुनौतीपुर्ण समयमा रजिष्ट्रारको पद सम्हाल्नुलाई मैले प्रतिष्ठानको हितमा काम गर्ने अवसर चुनौतीको रुपमा लिएको छु । प्रतिष्ठानलाई अग्रगति दिन सवै पदाधिकारी, विभागीय प्रमुख, सहकर्मी, कर्मचारीसंग सहकार्य, समन्वय गरेर अगाढि बढ्ने संकल्प गर्छु ।’

चिकित्सा क्षेत्रको व्यक्ति प्रशासनिक क्षेत्रमा कसरी काम गर्छ भन्ने धेरैलाई लागेको हुन सक्ने बताउदैं रेग्मीले सबैसँग सहयोग लिएर कुसलतापूर्ण जिम्मेवारी पुरा गरेर प्रतिष्ठानलाई नमुना बनाउने प्रतिवद्धता जनाएका छन् ।

चार वटै पद विशेषज्ञ चिकित्सकहरु

bp
पछिल्लो चोटी रजिष्ट्रारमाप्राडा रेग्मीलाई नियुक्त परे पछि प्रतिष्ठानका ४ वटै पदमा विशेषज्ञ प्राध्यापक डाक्टर नियुक्तिको संयोग मिलेको छ ।

तीन महिना अघि नियसक्त भएका उपकुलपति विराटनगरमा लामो समय मुटु रोगविशेषज्ञको रुपमा लामो समय काम गरेका चिकित्सक प्राडा ज्ञानेन्द्र गिरी चिकित्सा क्षेत्रकै अनुभवी डाक्टर हुन । रेक्टर(शिक्षाध्यक्ष) प्राडा गुरुप्रसाद खनाल प्रतिष्ठानमै लामो सयम हाडजोर्नी विभागको विभागीय प्रमुखको रुपमा काम गरेकाहार्डजोनी विशेषज्ञ हुन । अर्का बालरोग विशेषज्ञ प्राडा गौरीशंकर साह पनि प्रतिष्ठान मै बालरोग विशेषज्ञको रुपमा काम गरेका चिकित्सक हुन् । नव नियुक्त प्राडा रेग्मी स्त्री तथा प्रसुती विभागका विभागीय प्रमुख हुन् । स्त्री रोग विशेषज्ञ प्राडा रेग्मी फिस्टुला रोगको राष्ट्रिय प्रशिक्षक पनि हुन् । अस्पताल निर्देशक साह, शिक्षाध्यक्ष खनाल र रजिष्ट्रार रेग्मी प्रतिष्ठान कै चिकित्सक हुन । उपकुलपति गिरी भने प्रतिष्ठान बाहिरबाट नियुक्त भएका हुन ।