राजविराज नगरपालिकामा अनिश्चितकालीन लकडाउन

alt
  • श्रावण ८, २०७७
  • ब्लाष्ट खबर

राजविराज । सप्तरीको राजविराज नगरपालिकाले बुधबारदेखि अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएपछि बुधबारदेखि नगरपालिकाले पूर्णरुपमा अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार राजविराज नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म राजविराज नगर क्षेत्रभित्र पूर्णरुपमा लकडाउन गर्ने घोषणा गरेको हो ।

लकडाउन अवधिमा अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैरसरकारी कार्यालयहरु र वित्तिय संस्थाहरु पूर्णरुपले बन्द गरि लकडाउनको पूर्ण पालना गरिदिन हुनका लागि नगरपालिकाले नगरवासीमा अनुरोध समेत गरेको छ । लकडाउनको पूर्णपालना गर्न, अनावश्यक रुपमा घर बाहिर ननिस्कन, अत्यावश्यक कामका लागि निस्कन परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्नका लागि समेत नगरपालिकाले अनुरोध गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराजका व्यवसायी ७२ वर्षीय रामकृष्ण दासको परिवारका सबै सदस्य संक्रमित भएका छन् । परिवारजन र सम्पर्कमा आएका व्यक्तिहरुमा समेत कोरोना भेटिएको जनाइएको छ । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ७८ भन्दा बढी पुगेको छ भने २ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।

न्यूरो अस्पतलामा थप ...

विराटनगर / विराटनगरमा शुक्रबार पुष्टि भएको ३२ संक्रमित ...

मोरङको रंगेलीको एउटै ...

विराटनगर /  मोरङको रंगेलीमा शुक्रबार २९ जनामा कारो ...

कर्तव्य ज्यान मुद्वा ...

भद्रपुर / महिलाको हात छोएको विषयमा विवाद भई कुटपिट ...

होम क्यारेन्टिनमा रह ...

धरान / होम क्यारेन्टिनमा रहेका प्रदेश १ सरकारका आन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved