धरान / लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वाव संकलन गर्ने भिटिएम किट हस्तान्तरण गरेको छ ।
क्लवले १ हजार ४ सय थान किट बुधबार प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेको हो । क्लवले विपत्तको समयमा केही राहत होस भनेर सहयोग गािरएको डिस्ट्रिक ३२५ ए वानका प्रथम उपाध्यक्ष रेवतवहादुर कार्कीले जानकारी दिए ।
कोरोना भाइरसको कारण विश्व नै समस्या परेको वेला क्लवले देशभर ६ करोड वरावरको राहत र स्वास्थ्य सामग्री वितरण गरिसकेको कार्कीले जानकारी दिए ।
क्लवले देशभर १८ हजार भिटिएम किट हस्तान्तरण गरिसकेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक ३२५ चिफ ट्रेनिङ्ग पुल लायन्स धिरज गुरुङ्ग, जिल्ला विशेष सल्लाहकार गौरीशंकर अग्रवाल, विपिन सुव्वा, टिम एरिया संयोजक रेखा गुरुङ्ग, जिल्ला चिफ टंक गुरुङ्ग, जिल्ला सल्लाहकार राजिव दाहाललगायतको उपस्थिति रहेको थियो