ब्लाष्टखबर । झापामा पहिरोमा पुरिदा १ काे मृत्यु भएकाे छ,  भने ३ जनान घाइते भएका छन् । 

बुद्धशान्ति गाउँपालिका-७ मा मंगलबार राति घर माथीबाट खसेको पहिरो खस्दाँ  १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

उहिराेका कारण ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएका छन् । घाइतेहरूकाे स्थानीय मेडिकलमा उपचार भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।

पहिराेले तेज कुमार बराईलीको घर पुर्ण रुपमा क्षति भएको छ । पहिराेकाे उच्च जाेखिममा रहेका अन्य २ घरका मानिसहरूलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको पनि कार्यालयले जनाएको छ ।