धरान / नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्वर १४ नरभासामा वृक्षारोपण सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला, विशिष्ठ अतिथि संविधानसभा सदस्य अनिता परियार, मेयर द्वारिकलाल चौधरीलगायत जनप्रतिनिधि राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निरौलाले रोपिएका विरुवा जोगाउन सके मात्र वृक्षारोपण सफल हुने वताए । उनले रुख जीवनको एक आधार भएकाले संरक्षणमा ध्यान दिन आग्रह गरे ।
विशिष्ठ अतिथि परियारले सम्वृद्धिलाई निष्कर्षमा पुर्याउन पुष्पलालले सिकाउनुभएको समन्वय र सहकार्यलाई ब्यवहारमा उर्तान सक्नुपर्नेमा जोड दिए। मेयर चौधरीले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूत हुने गरि काम भइरहेको प्रष्ट पारे । उनले मदन स्मृति दिवस, वीपीस्मृति दिवस र पुष्पलाल स्मृति दिवसका अवसरमा गाँउमा वनेका सडक किनारामा वृक्षारोपण गरिएको वताए ।
वडाध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य दुःखीलाल चौधरीले स्वागत गरे ।