पथरीशनिश्चरे । वर्षाका कारण आएको बाढिले उत्तरी मोरङ्गको लेटाङ्ग ८ र ९ स्थित जाँतेमा वितरण भएको जाँते खानेपानी संस्थाको पाईप बगाउँदा १७ लाख बढी रुपैयाँको क्षति भएको छ ।
स्थानीय तेली खोलामा आएको बाढीले खोलाको किनारमा रहेको इन्टेक ट्याङ्की देखि रिजर्भरसम्म पानी ल्याउन खोलाको किनारै किनार विच्छ्याएको १ हजार ७ सय ५० मिटर पाइप बगाएको छ । यसका साथै १६ वटा आरसीसी पिल्लर र ५३ थान स्पर बगाउँदा १७ लाख २ हजार ७ सय ५० रुपैंया बराबर को क्षति भएको जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष डिल्ली विश्वकर्माले बताए ।
बाढीले पाइप बगाउँदा स्थानीय १ हजार ४ सय ५० घरधुरीका उपभोक्ता दैनिक खानेपानी उपभोग गर्न बाट बञ्चित भएको संस्थाका कार्यालय सचिव प्रेम राईले जनाएका छन् ।