धरान । धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेनटाइनमा बस्दै आएका ब्यक्तिहरुको लागि सहयोग पुराउने मुख्य उदेश्यले चर्पी निर्माणका लागि गोर्खा वल्फेयर ट्रस्टले ३ लाख ५६ हजार आर्थिक सहयोग गरेको छ ।

धरानको विभिन्न स्थानमा रहेको क्वारेनटाइनमा बस्दै आईरहेको ब्यक्तिहरुलाई चर्पीको समस्या भोग्नु नपरोस भन्ने उदेश्यले चर्पी निमार्णका लागि आर्थिक सहयोग गरेको हो । सोे रकम धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईलाई गोर्खा वल्फेयर धरानका सिनियर एरिया फेयर अफिसर क्याप्टेन पुर्ण लिम्बुले हस्तान्तरण गरेका छन् ।

कोराना भाइरस रोकथाम तथा नियन्त्ररण कार्यमा सहयोग पुर्याउने उदेश्यका ट्रस्टले प्रदेश १ का विभिन्न शहरी तथा ग्रमिण क्षेत्रका पाँलिकाहरूमा स्वास्थ सामाग्री लगायत भाैतिक तथा नगद सहयाेग गरिरहेकाे छ । 

चर्पी निर्माणका लागि गरिएकाे नगद हस्तान्तरण  आगामी दिनमा धरान स्थित विपि प्रतिष्ठानकाे आइसाेलेसन लगायत इलाम, ताप्लेजुङमा समेत सहयाेग गर्ने याेजना रहकाे ब्रिटीश गोर्खा एरिया वेल्फेयर सेन्टर धरानका सिनियर एरिया वेल्फेयर अफिसर क्याप्टेन पुर्ण प्रसाद लिम्बुले बताएका छन् ।

कार्यक्रममा गोर्खा भुपु सैनिक तथा गोर्खा वल्फेयर ट्रस्टले भुपु समुदायलाई मात्रै  नभइ अन्य समुदाय तथा स्थानिय सरकारलाइ पनि गर्दै आएकाे सहयाेग प्रति नगरप्रमुख राईले आभार व्यक्त गरेका थिए । उनले वल्फेयरले सामाजिक क्षेत्रमा पुराएको योगदानका कोरोना भाइरस रोकथामका लागि निक्कै प्रभापकारी भएको समेत बताएका छन् ।