धरान / अनौपचारिक रुपमा जेठ३२ गतेदेखि लकडाउन खुले पनि सरकारले साउन गतेदेखिभने औपचारिकरुपमा लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते मध्यरातिबाट लकडाउन पूर्ण रुपमा हटाउने निर्णय गरेको हो ।

सरकारले कोरोना महामारी रोकथामका लागि चैत ११ गतेदेखी शुरु गरेको लकडाउन बुधबारदेखि औपचारिकरुपमा अन्त्य गर्नलागेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिए ।
सरकारले लामो दूरीको यातायात भने भदौ १ गतेदेखि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध भने साउन ३२ सम्म जारीराख्ने निर्णय गरेको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ । कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने बताइएको छ । तर सार्वजनिकसभा गर्नभने रोक लगाइएको छ ।

त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ । खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न सरकारलेअनुमति दिएको छ ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ । शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न सरकारले अनुमति दिएको छैन् ।