उर्लाबारी । आईतबार देखि लगातार परेको बर्षाका कारण उर्लाबारी नगरका अधिकांश भूभाग डुवानसगैं स्थानिय नदिहरुले जमिन कटान गरेको छ ।

नगरपालिकाका निमित्व प्रमुख प्रशासकिय अधिकृत मुरारी प्रसाद घिमिरेले नगरका ९ वटै वडामा बर्षाका डुवानमा परेका र बक्रा, तेली, सोल्टी, मावा लगायतका खोलाहरुले खेतीयोग्य जमिन कटान भएको बताएका छन् । भने वडा नंनम्बर ६ को उर्लाबारी बजार क्षेत्रका पसलहरु समेत डुवानमा परेकोले जोखीम कम गर्ने विकल्पका बिषयमा खोजी भईरहेको समेत उनले बताएका छन ।

ura;labari2

बर्षाले वडा नम्बर २ को केर्खाली चौकमा कल्वर्ड अवरुद्ध पार्दा आवत–जावतमा समस्या आएको छ भने वडा नम्बर ३ को रामनगरमा तेली खोलाले डुवान र कटान गरी क्षति पुर्याएको छ । यसैगरी बक्रा खोलाले वडा नम्बर ५ को भुम्रा क्षेत्रमा दुई विगाहा भन्दा बढी जमिन कटान गरेको छ भने वडा नम्बर को सिमाना बस्तीमा मावा खोलाले क्षति पुर्याएको छ ।

यसैगरी वडा नम्बर ६ को बजार क्षेत्रमा ड्रेनबाट पानी सहज किसीमबाट नजाँदा मुख्य बजार क्षेत्रका एक दर्जन बढी पसलहरु डुवानका कारण प्रभावित भएका छन । यसैरीनै नगरका अन्य वडाहरुमा पानी डुवान र कटानका कारण क्षति पुगेको स्थानिय जनप्रतिनिधीले बताएका छन ।

ura;labari3

यसै बिच नगर प्रमुख खड्ग फागोले जल तथा मौसम बिज्ञानले केही दिन भारी बर्षा हुने भनेको हुँदा नगरबासीमा सुरक्षित भएर बस्न र विपत्ती भएमा खवर गर्न हुन आग्रह गर्दै नगरमा भएको स्रोत साधनको उपयोग गरी रोकथाम सहितका कार्य संम्पादनमा कमी आउन नदिने प्रतिवद्धता जनाएका छन ।