धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।

प्रतिष्ठानका उपकुलपति प्राडा ग्यानेन्द्र गिरीको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेग्मीलाई रजिष्ट्रारमा नियुक्त गरेको हो । रेग्मी प्रशुती विभागका प्रमुख समेत रहेका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज नियुक्ति गरेकाे ढकालका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए ।