धरान / नेपाल यातायात स्वतनत्र मजदुर संगठन धरानले लकडाउनमा समस्यामा परेका ट्याम्पो चालकहरुलाई आज खाद्यान्न वितरण गरेको छ ।
५० जना मजदुरलाई ६ सय केजी चामल प्रति व्यक्ति एक केजी दाल, एक केज िनुन वितरण गरिएको संगठनका उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।
कलाकारण प्रेम सुब्वाको उपस्थितिमा वितरणगरिएको राहत वितरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, प्रदेश उपाध्यक्ष रविन अधिकारी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्की नाटक घर निर्माण उपभोक्ता समितिका सदस्य हिमाल दाहाल, युवा व्यवसायी बादल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
धरान–१५ का वडाधयक्षा नरेश इवारम, नेकपा धरान नगर कमिटी, नाटक घर निर्माण समितिलगायतको समन्वयमा धरानमा रहेका १५ सय यातायात मजदुरहरुलाई विभिन्न चरणमा राहत वितरण गरिएको संगठनका केन्द्रीय सदस्य बाँनियाले जानकारी दिए ।