धरान / सरकारको ३ बर्ष भित्र सबै खर र फुसको छाना हटाउने अभियान अन्तर्गत सुनसरी क्षेत्र नं १ मा यो आर्थिक बर्षमा एक हजार घरमा जस्ता लगाइने भएको छ ।
खर र फुसको छानो हटाई कर्कटपाता लगाउने सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका क्षेत्रमा ३ सय ३१ , बराहक्षेत्र नगरपालिकाको वार्ड नं १,२,३,४,५ मा ४ सय ४५ , रामधुनी नगरपालिको वार्ड नं ६, ७ मा गा २ सय ३४ गरि जम्मा संख्या . १००० एक हजारमा जस्ता लगाउने कार्यक्रम रहेको सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राईले जानकारी दिए ।
सांसद राईको पहलमा उक्त योजना सुनसरी क्षेत्र नं. १ मा पारिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले उक्त योजना संचालन गर्ने छ ।