धनकुटा/ ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाँच महिना पर सार्न माग गर्दै वुधवार देखी धनकुटा उद्योग बाणिज्य संघले प्रर्दशन थालेको छ ।

उधोगी व्यावसायीहरुको प्रदर्शनको पहिलो दिन राष्ट्रिय बाणिज्य बैक धनकुटा शाखा लगायत विभिन्न धनकुटा वजारमा रहेका बैकहरुमा धर्ना दिई नेपाल राष्ट्र वैंकका गर्भनरलाई उनीहरुले ज्ञापन पत्र पठाएका छन् ।

विकास बैक तथा वितयि सस्थाहरुबाट किस्ता बुझाउने बारम्बर उधोगी तथा व्यावसायीहरुलाई दवाव दिएपछि धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा चरणवद्ध आन्दोलनको घोषणा गरेको दावी गरेको छ । ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाच महिना पर सार्न माग गर्दै उनीहरुले राष्ट्रिय बाणिज्य बैक धनकुटा शाखा, साग्रिला विकास बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र पठाएको उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिएका छन् ।

प्रर्दशन तथा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र बुझाउन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई श्रेष्ठ ,महासविच राम वहादुर गोङ्वा तामाङ लगायतले सहभागीता जनाएका थिए । उनीहरुले माग पुरा नभए सवै बैकहरुमा धर्ना दिने र बैकहरु वहिष्कार गर्न समेत सकिने र आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रर्दशन र धर्ना पछी राष्ट्रिय बाणिज्य बैक धनकुटा शाखाका प्रवन्धक केनदिप श्रेष्ठ मार्फत राष्ट्र बैकका गर्भनरलाई ऋणको ब्याज मिनाहा गर्न, किस्ता पाँच महिना पछि बुझाउने मागपत्र पठाइएको थियो । व्यापार व्यावसाय र उद्योग संचालन गर्न उद्योगी व्यावसायीहरुलाई आकस्मिक कर्जा,पुर्नकर्जा,सहुलियत कर्जा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र पठाइएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कुनै पनि बैक तथा वित्तिय संस्थाहरुले ऋणको किस्ता बुझाउन चर्को दवाव नदिन आग्रह गरेका छन् । उनले निरन्तर ताकेता गरी जवरजस्ती गरेमा आफुहरुलाई खवर गर्नुहोस हामी त्यस्ता बैक तथा वित्तिय संस्थाहरुमा गएर छलफल गर्छौ नमानेमा धर्ना, घेराउ गर्ने र बैकलाई धनकुटाबाट वहिस्कारसम्म गर्ने सक्ने चेतावानी दिएका छन् ।