• रमेश थापा

पाँचथर /  वर्षा यामको समय छ । सबै स्थानमा खानेपानीको श्रोत बढ्दै गएका छन । सुख्खा जमिनमा भिजेकाले फलफुल र बोट बिरुवा रोप्न उपयुक्त भएको छ । सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाका नागरिकहरु वृक्षारोपण गर्न असार साउनको महिनासम्म प्रतिक्षामा हुन्छन् ।

पछिल्लो समयमा वातावरणीय पर्यावरणलाई जोगाउँन स्थानीयतहले खासै पहल गरेको पाइदैन् । तर पाँचथरको सुख्खाक्षेत्र घोषित कुम्मायक गाउँपालिकामा भने विक्षारोपण कार्यक्रम सुरु भएको छ । यो अभियानलाई निरन्तरता दिदै कुम्मायक १ नम्बर वडाले नर्सरी उत्पादन गरी निजी बन बिस्तारको लागि किसानलाई बिरुवा बितरण गरेको छ ।

वडाको चालु आर्थिक वर्ष २०७६/०७७ को ४ लाख रकमबाट ४० हजार बिरुवा उत्पादन गरी किसानलाई धमाधम बितरण गर्दै आएको छ । किसानको निजी वनको क्षेत्रफलको आधारमा १ सयदेखि ५ हजारसम्म बिरुवा बितरण गरिएको छ । वर्षादको समयमा बिरुवा रोप्न पाउँदा खुसी लागेको स्थानीय केदार नाथ कार्की बताए । बाँझो जमिनमा यो मैसममा बिरुवा रोप्दा राम्रो हुन्छ । वडाको यो अभियानलाई हामी सम्मान गर्छौ उनले भने ।
वडाले सुख्खाक्षेत्रमा हुने सल्ला जातको ४० हजार बिरुवा उत्पादन गरेको छ । ‘बिरुवा रोपांै, हरियाली बनाउँ’ बाताबरण जोगाउँ भन्ने मुल नारासहित वडाले हरियाली अभियान अन्तरर्गत वृक्षारोपण गर्दै आएको हो । गत वर्ष ६ लाख रुपैयाँमा ६० हजार बिरुवा बितरण गरेको थियो । वाताबरणीय प्रभावलाई न्यूनीकरण गर्ने उदेश्यले वृक्षारोपण अभियान अघि बढाएको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । दिन प्रतिदिन बनजंगल मासिदै गएको समयमा बाताबरणी पर्यावरणलाई जोगाउँन वडाले वर्षेनी वृक्षारोपण अभियान अघि बढाउँदै छ । उनि भन्छन् अर्को आर्थिक वर्षमा नागरिकको आय आर्जसंग जोडिएको अकबरे खोर्सानीको नर्सरी उत्पादन गरी बितरण गर्ने नीति लिएको लावतीले बताए ।

वडाले हरियाली अभियानको लागि हालसम्म १० लाख रुपैयाँ खर्च गरेको छ । उक्त रकम बराबरको ९० हजार बिरुवा नर्सरी गरी किसानलाई बितरण पनि गरि सकेको कार्यालयले जनाएको छ । वडामा नर्सरी उत्पादन गर्न कर्मचारी नियुत्ति गरेर काम गर्दै आएको छ ।