धरान / धरानका बाढी, पहिरो तथा लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग प्रदान गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा उनीहरुलाई राहत वितरण गरिएको हो ।
नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव एवम् प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा धरान उपमहानगरपालिकाका ५ नं. वडा, ८ नं. वडा र १३ नं. वडाका अति विपन्न बाढी पिडित र लकडाउन पिडित ४० परिवारलाई १० केजी चामाल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुनलगायतका खाद्यन्न सामाग्री वितरण गरिएको हो ।

बाढी र लामो समयको लकडाउनवाट अक्रान्त बनेका विपन्न र पिडितहरुलाई आवश्यक खाद्यन्न सामाग्री नेपाल आदिवासी जनजाति महासंघ, न्यूयोर्क, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, हाल अमेरिकामा रहेका ग्रामिण क्लब हाउस इटहरीका अध्यक्ष मुकुन्द सुवेदी र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सहयोग गरेका हुन ।

राहत वितरण कार्यक्रममा ग्रामिण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदी, धरान ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, ८ नं. वडा अध्यक्षका प्रत्यासी नन्दराज राई, नेपाली कांग्रेसका १३ नं. वडाका सभापति डम्बर तामाङ, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, ग्रामिण क्लब हाउस, इटहरीका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी, नेपाल रेडक्रस सोसाइटी बांझगरा उपशाखाका सभापति उमेश पौडेल, मतदान केन्द्र सभापति पदमसुन्दर लिम्वु, ५ नं. वडा सदस्य कुमार देवान, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानलगायतको उपस्थिति रहेको थियो ।