धरान / धरान उपमहानगरपालिकाको वाड नं ७ ले उज्यालो वडा अभियान शुरु गरेको छ ।
उज्यालो र सुरक्षित वडा कार्यक्रम अन्तर्गत आइतबार मुख्य चोकमा सिसिटिभी र सौर्य बत्ति जडान गरेको छ ।

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको उपस्थितिमा सिसिटिभी र सौर्यबत्ति जडान गरिएको वडा अध्यक्ष जीवन घिमिरेले जानकारी दिए । सिसिटिभीको कन्ट्रोलरुम वडाको कार्यालयमा राखिएको छ । श्रीजंगा लाइनमा ८ वटा, दोभान लाइनमा ५ वटा र शुक्रपथमा ५ वटा गरि १८ वटा सौर्यबत्ति जडान गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
निर्वाचन ताका आफुले बोलेको प्रतिवद्धता पुरा गदैं गएको सुवेदीले बताए । वडामा हसने अपराधिक घट्नाहरुको निगरानीको लागि वडाको सबै चोकमा क्यामरा जडान गर्नेसमेत उनले बताए । उज्यालो वडा उद्घाटन गदैं उपमेयर भण्डारीले वडालाई सुरक्षित राख्नको लागि सिसिटिभीले मद्दत पुग्ने बताइन् । वडाका नागरिकहरुले पनि सुरक्षित भएको महशुस गर्ने उनले बताइन ।

७ लाख ८३ हजार लागतमा सिसिटिभी जडान गरिएको हो । तीनकुनेदेखि जिरोपोइन्टसम्मको कोशी राजमार्ग अन्तर्गत वडा नं ७ मा पर्ने बुद्धमार्गमा १७ वटा सौर्य वत्ति रहे पनि मर्मत अभावमा काम गरेको छैन् । ती सौर्यबत्ति मर्मत गर्नसमेत स्थानीयले माग गरेका छन् ।

7 wada