ब्लाष्टखबर । केबल अपरेटरहरूले राेकेकाे भारतीय न्यूज च्यानलकाे पुन: प्रसारण गर्ने भएकाे छ । 

आइतबार केवल अपरेटरहरूको बैठकबाट साे निर्णय भएकाे भन्दै अनलाइनखबरले समाचार प्रकाशित गरेकाे छ । डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई उद्धृत गर्दै समचारमा चार च्यानलहरुकाे प्रसारण राेकी अन्य च्यानलहरु भने प्रसारण हुने जनाइएकाे छ । 

नेपालकाे विषयमा कुटनैतिक मर्यदाकाे उल्लघन गरि भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए ।

 केवल अपरेटरहरूले च्यान बन्द गरेसंगै  सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न सुझाव दिएकाे थियाे  ।  बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।