धरान । आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा भन्ने गाउँमा जन्मिएका आचार्यले रामायणलाई नेपालीमा भावानुवाद गरेर नेपाली साहित्यमा गुन लगाएका थिए । सरकारले भानुभक्त जन्मिएको स्थानलाई विशेष बनाउने तयारी पनि थालिरहेको छ ।

भानुभक्तको रामायण जनजिब्रोमा झुण्डिएको थियो । भानुभक्तको वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरू रहेका छन् । आदिकविलाई चिनाउनका लागि मोतीराम भट्टले अहम् भूमिका खेलेका थिए । उनले भानुभक्तको जीवनसमेत लेखेर आदिकविलाई चिनाएका थिए ।

भानुभक्तलाई आजका दिनमा साहित्यकार, कवि, तथा स्रष्टाहरूले विविध कार्यक्रम गरेर सम्झिँदै छन् ।