सिरहा । सिरहा र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ ।
सिरहा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले खतराको चिन्ह नछोएपनि बाढी बढ्न थालेसँगै जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा स्थानीय तह मार्फत माइकिङ गरिहेको बताए ।

सशस्त्र प्रहरी बलको टोलीले कमलाको तटबन्धसँग जोडिएका गाउँहरुको स्थलगत निरीक्षण गरेको छ’ सिरहा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने ‘शनिबार बिहानैदेखि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमै खटाइएको छ ।’

कमलाको बाढीमा पानीको सतह बढेसँगै पछिल्लो वर्ष आएको बाढीले क्षति पुर्याएको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका सात ठाउँका तटीय गाउँहरु जोखिममा पर्ने अनुमान गरिएको छ ।
स्थानीय त्रसित

कमला नदीमा बाढीको सतह बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । शुक्रबारदेखि निरन्तर वर्षा हुन थालेपछि पूर्वी तटबन्धका कमजोर स्थानहरु भत्काएर बाढी गाउँ पस्न सक्ने भयले स्थानीय त्रसित बनेका हुन् ।