ब्लाषटखबर । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

हाल देशभर सामान्य बदली रही सातै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने  विभागले जनाएकाे छ ।

सोमबारसम्म नसुन न्यूनचापीय रेखाको असर रहने भएको भएकाले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।