ब्लाष्टखबर । म्यागदिमा पहिराेमा परी बेपत्ता भएकाहरूमध्ये मध्ये ११ जनाकाे शव फेला परेकाे छ ।  बिभिन्न ठाउँमा गएकाे बाढीपहिराे परि धरै मानिसहरू बेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो । २३ जना अझै बेपत्ता रहेका छन् ।

मृत्यु हुनेहरूमा धवलागिरि गाउँपालिका ६ मराङका १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जनाकाे  शव फेला परेकाे धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीले जनाएका छन् ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।