श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार २७ गते शनिबार, ११ जुलाई २०२० । श्रावण कृष्णपक्षको षष्ठी तिथि १२ः५८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वभाद्रपदा ०५ः५९ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि मीन, सूर्योदय ५ः१७ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पारिवारिक भेटघाटमा दिन बित्ला । रोकिएको कामकाज पुनः शुरु हुन सक्छ । शरीरमा उमङ छाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन अस्थिर रहनेछ । शरीरमा आलश्यता उत्पन्न हुनेछ । धैर्य गर्नसके शुभसमाचार प्राप्त गर्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पति–पत्नीबीचको सम्बन्ध सुमधुर बन्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मिष्ठान्न भोजनको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा कठिनाइ आइपर्न सक्छ । त्यसैले होशियार रहनुहोला । साझेदारी काममा व्यवधान आइपर्न सक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रम बढ्नेछ । साथीभाइस“गको भेटघाटले मन प्रसन्न रहला । समग्रमा आजको दिन अविस्मरणीय बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा मन जाला । विभिन्न अवसर प्राप्त हुने योग छ । ठूला कामका निर्णयहरूमा विचार पु¥याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक काममा दिन बित्नेछ । भाग्य र कर्मको योगले लामो समयदेखिको योजना पूरा हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समाजसेवामा मन जानेछ । विभिन्न व्यक्तित्वसँगको भेटघाटले मन प्रसन्न रहला । दिन रमाइलोमा बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसिक तनाव उत्पन्न हुने देखिन्छ । साथीभाइ र परिवारसँग रहनाले तनाव कम हुनेछ । यात्रा कष्टप्रद रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य चोटपटक लाग्न सक्छ । सोचेको काममा बाधा उत्पन्न हुनाले दिक्क लाग्न सक्छ । मध्यान्हपछि राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा सुधार आउनेछ । मनमा शान्ति मिल्नेछ । यात्राको योग छ । नया“ कामको योजना बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लेखन क्षेत्रमा मन जाला । सिर्जनात्मक कामबाट लाभ लिन सकिनेछ । कृषिक्षेत्रमा कठिनाइ आउने देखिन्छ ।