ब्लाष्टखबर । लगातारको वर्षासँगै सेउती र अँधेरी खोलामा आएको बाढीले धरान–५ स्थित देउरालीको तल्लो भेग सुन्दर बस्ती उच्च जोखिममा परेकाे छ । 

दुइ खोलाको संगम स्थलकाे बस्ती कटान भइरहेकाे हाे । शुक्रबार बिहान बस्तीकाे पश्चिमपट्टिकाे सेउती खाेलामा आएको बाढीले एक घरकाे आधा भाग कटान भएकाे छ भने अर्काे घर कटान सुरू गरेकाे छ । त्यस्तै अँधेरी खाेलाले पनि बस्ती कटान गर्दै आएकाे छ ।

107017661_2356734001295637_3698132515176315371_o

करिब ५ सय घर परिवार रहेको सुकुम्बासी क्षेत्र सुन्दर बस्तीमा २ सय घर परिवार उच्च जोखिममा रहेकाे स्थानीयले बताए । बस्ती संरक्षणको लागि स्थानीय सरकारमा पहल गरिए पनि माग अनुसार तटबन्ध उपलव्ध नगराइएकाले सधै जाेखिममा रहेकाे स्थानीय पासाङ शेर्पाले जनाए । धरानले ३५ थान जाली उपलब्ध गराएकाले त्यति थाेरै जालीले कता लगाउने कता नलगाउने भन्ने विषय अन्याैल भएकाे बताए । 

स्थानीय जितबहादुर लिम्बू भन्छन् 'मेराे घर अलि तल थियाे, बाढीले बगाएपछि माथी सरेँ प्रत्यक वर्ष खाेलाले यसरी नै दु:ख दिँदै आएकाे छ ।' बाढीले हरेक साल करिब ५ वटा घर बगाउने गरेको छ ।

107804354_2356733941295643_4803392552270698053_o