ब्लाष्टखबर । ईलामको माई नगरपालिका-१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बिहिबार दिउँसो खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका-१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा नाममा घाइते भएका उनिहरूकाे उपचारका लागी झापा लाने क्रममा बटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । सोही ट्याक्टरमा रहेका अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि.एण्ड. सी. अस्पतालमा उपचार भईरहेको छ ।