- मिकाइल आलम
भण्टाबारी । पहाडी भेगमा केही दिनयता निरन्तर पानी पर्ने क्रम जारी रहदा सप्तकोशी नदि पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख १३ हजार २१५ क्युसेक पुगेको छ । जुन यो वर्षको अहिलेसम्म उच्च हो ।
व्यारेजकाे ५५ ढाेका मध्य ३० वटा खाेलिएकाे छ । पानी पर्ने क्रम जारी रहेकोले पानीको बहाव थप बढ्ने अनुमान गरिएको छ ।