टोल टोलमा शिक्षक

alt
  • असार २६, २०७७
  • ब्लाष्ट खबर

  • भूमिराज पराजुली

दमक /  विद्यालय बन्द छ । विद्यार्थीहरु घरमा नै छन् । विगत साढे ४ महिना देखीको यो अवस्था तत्कालै खुलीहाल्ने अवस्था पनि छैन । यस्तो अवस्थामा विद्यार्थीको पढाई निकै नराम्ररी प्रभावित भएको छ । यसलाई मध्यनजर गरेर सरकारले बैकल्पिक शिक्षाको अवधारणा ल्याएको छ । बैकल्पिक शिक्षा के हो र कसरी प्रयोग गर्ने भन्नेबारेमा निर्देशिका जारि भएको भए पनि मुलकका सबै विद्यालयहरुले यसको पालना गर्न सकेका छैनन् । तर यहि बेलामा झापाको गौरादह नगरपालिमा भने शिक्षकहरुले घर घरमै गएर पठन पाठन गराउन थालेका छन् ।

नगरका सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई उनीहरुकै घरमा पुगेर पढाउन थालेका हुन् । विद्यार्थीहरुले शैक्षिक सत्र सुरु हुनासाथ पाठ्यपुस्तक पाएका र शिक्षकहरु पनि गाउँमै गएर पठनपाठन गराउँदा विद्यार्थीहरुको सिकाइ सहज भएको गौरादह नगरपालिका वडा नं –८ का प्रदेशी माझी बाताउँछन् । कोरोना भाइरसका कारण नेपाल सरकारबाट लकडाउन गरी घरमा बस्न निर्देशन दिएपछि विद्यार्थीहरु विद्यालयमा आई शिक्षा लिनबाट बञ्चित भएका थिए । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयबाट स्वीकृत वैकल्पिक शिक्षा प्रणालीबाट विद्यालयका शिक्षकहरुले गाउँ–गाउँमा पुगेर शिक्षण सिकाइ कार्यमा सहजीकरण गरेको गौरादह ८ मा रहेको अरुणोदय आधारभूत विद्यालयकी शिक्षिका पवित्रा बस्नेत बताउँछिन् ।

घुम्ति टोलि परिचालन

विद्यालय अनुसार घुम्ति टोली बनाएर शिक्षकहरु खटाईएको छ । गौरादह ८ मा रहेको अरुणोदय आधारभूत विद्यालयले आफ्नो सेवा क्षेत्र भित्र ४ वटा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेको छ । यो विद्यालयका शिक्षकहरुले गाउँको जुरोपानी चौक, भट्टा चौक, दामाबारी चौक र जोरपोल चौकमा केन्द्र बनाएका छन् ।

विद्यार्थीहरुलाई मास्क र सेनेटाइजर लगाई सामाजिक दुरी राखेर पठनपाठन गरिरहेका छन् । गाउँमा गई पठनपाठन गराउन केही झन्झटिलो भए पनि एउटा गाउँका मात्र विद्यार्थीहरु अध्ययन गर्ने भएकाले सिकाइ प्रभावकारी भएको शिक्षिका पवित्रा बस्नेतको दावी छ । समुहमा पढ्न आउँने विद्यार्थी कुनै कक्षा केन्द्रित नहुने । सबै कक्षाका इच्छा लागेका विद्यार्थीहरु आउने उनले बताईन । विद्यार्थीहरुलाई बढ्न पर्छ भन्ने भावना जागृत गर्नका लागि यो अभियानले मद्यत पुर्याएको उनको ठम्याई छ ।

सामाजिक दुरी सहितको शिक्षा

शिक्षा ऐन २०२८ को दफा १९ क बमोजिम नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि सोहीअनुसार सामाजिक दुरी कायम गरी शिक्षकहरुले विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेको नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी बताउँछन् । कोरोना भाइरसको विपद् र महामारी विश्वभर फैलिरहँदा नियमित पठनपाठन गर्न समस्यामा परेका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन मार्फत वैकल्पिक शिक्षा प्रणालीअन्तर्गत पठनपाठन भई रहेका बेला शिक्षकहरु गाउँमै खटिएका हुन् ।

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द रहँदा वैकल्पिक शिक्षा प्रणालीबाट गाउँमा गएर शिक्षण सिकाइ कार्य गर्दा विद्यार्थीलाई सिकाइ कार्यमा सहज हुनुका साथै विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने नगर शिक्षा शाखा प्रमुख रेग्मी बताउँछन् । गौरादह नपामा रहेका सबै सामुदायिक विद्यालयहरुमा गाउँ घरमै घुम्ती शिक्षा सञ्चालन उनले जानकारी गराए ।

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved