ब्लाष्टखबर । सरकारले छाेटाे दुरीकाे सर्वजनिक यातायात संञ्चालन गर्न अनुमति दिने भएकाे छ । सुरक्षाका मापदण्ड पूरा गरेर संञ्चालनमा आउने सार्वजनिक यातायतले एक जिल्ला भरी मात्र संञ्चालनमा आउन सक्ने बिहीबार प्रेस ब्रिफिङका सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

यसरी संञ्चालनमा आएका सार्वजनिक यातायातले सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र यात्रु राखेर संञ्चालन गर्नुपर्ने मन्त्री खतिवडाले बताएका छन् ।

संञ्चालनमा आएका यतायतहरूले ठाेकामा सेनेटाएजकाे व्यावस्था गर्नुपर्ने, यात्रुहरूले माक्स लगाएकाे हुनु पर्ने,  चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ उनले बताएका छन् । 

ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । यसरी आधा मात्रै यात्रु चढाउन्जेल सर्वजनसक यातायतातले ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ ।