विराटनगर । मोरङको लोहन्द्रा खोलाको भत्किएको पुल नबन्दा यहाँका स्थानिय बाढीमा जोखिम मोलेर ओहरदोहर गरि मोटरसाइकल तारिदिने गरेका छन् । भत्किएको पुल तीन वर्ष भइसक्दा पनि अहिलेसम्म नबन्दा जोखिम मोेलेर बाढीमा ओहोरदोहर गर्न बाध्य भएका हुन् ।
चार जनाको समूह बनेर बर्खायाममा खोलामा आएको बाढीको जोमिख मोलेर काम बिशेषले आवतजावत गर्ने सर्वसाधरणहरूको सवारी साधन तारिदिने गरेको बेलबारी नगरपालिका – ५ कसेनीका ढोडन चौधरीले बताए । लोहन्द्रा खोलामा बाढी आउँदा यहाँका चार जनाको दरले ३ समूहले सवारी साधनहरू तारिदिने गरेका छन् ।
बाढीमा जोखिम मोलेर मोटरसाइकल तारेको खोलामा आएको बाढीको बहाभ हेरेर मुल्य लिने गरेको स्थानिय चौधरीले बताए । ‘सामान्य बढी आउँदा प्रति मोटरसाइकल १ सय रूपैयाँ लिने गरेका छौं,’ उनले भने, ‘अलिक ठूलो बाढी आएको खण्डमा १ सय ५० देखि २ सय रुपैयाँसम्म लिने गर्दछौं ।’ लोहन्द्रा खोला भएर दैनिक आवतजावत गर्नेहरू पनि छन् । उनीहरूको मोटसाइक तारेको भने १ सय रूपैयाँ लिने गरेका छन् ।
लोहन्द्रा खोलाको बाढीको बापजुत पनि काम बिशेषले मोरङको ग्रामथान गाउँपालिको नेताचौक हुदै बेलबारी नगरपालिको बाहुनी भएर पूर्व–पश्चिम गर्नेहरू थुप्रै छन् । यहाँका स्थानियले दैनिक २० देखि २५ वटा मोटरसाइकल बाढीमा तारने गरेको उनीहरूको भनाई छ ।
२०७४ साउनमा आएको अविरल वर्षासँगैकोे बाढीले लोहन्द्रा खोलाको पुल भत्किएको थियो । पुल भत्किएको तीन वर्ष भन्दा बढी हुदा पनि निमार्णको प्रक्रिया भर्खर सुरू हुदा बर्खाको समयमा सबैभन्दा बढी आवगमनमा समस्या हुने गरेको स्थानिय बताउँछन् । हिउँदो याममा अस्थायी रुपमा स्थानियले बाँसको पुल बनाएर काम चलाएपनि बर्खायाम सुरु भएसँगै धेरै समस्या हुने गरेको बेलबारी नगरपालिका ६ का बाहुनीका मुर्ती गच्छदारले बताए ।
अस्थायी रुपमा बासको पुल लगाएर साईकल, मोटरसाइकल यात्रुहरुलाई हिउँदोमा सहज भएपनि बर्खायाम लागेसँगै आवागमन ठप्प हुन्छ । नेताचौकदेखि बाहुनीसम्म जोड्ने खडक खण्ड अन्र्तगतको लोहन्द्रा खोलाको पुल नबनेपछि समस्या भएको गच्छदारले बताए । ‘काम विशेषले नेता चोकहुदै विराटनगर ओहोरदोहर गर्नुपर्दछ,’उनले भने, ‘जोखिम मोलेर अहिले यहाँका स्थानिय बाढी तरेर जाने गरेका छन् ।’
बर्खायाम खोलमा बाढी आउने भएकोले विराटनगर जानुपर्यो भने महेन्द्र राजमार्ग हुदै धेरै घुमरेर विराटनगर पुग्नुपर्ने झन्झटले यहाँका स्थानिय जोखिम मोलेर लोहन्द्रा खोलामा आएको बाढी तरेर जाने गरेका छन् ।
लोहन्द्रा खोलाको पुल भत्काएपछि स्थानियले अस्थायी रुपमा बनाएको बाँसको पुल पनि केही दिनअघि आएको बाढीले बगाइदिएको छ । त्यसपछि होमपाइप राखेर बनाएको अर्को पुल पनि बगाएपछि लोहन्द्रा खोला वारीपारीका सर्वसाधरण मारमा परेका छन् ।
उक्त पुलबाट दैनिक हजार बढी मोटरसाइकल र सयौं ट्रयाक्टर, ट्रक र बसहरु आवत–आवत गर्दै आएको थियो । लोहन्द्रा खोलाको पुल सुनसरी मोरङ सिचाई आयोजना निमार्ण हुँदा नै बनाइएको थियो । हाल लोहन्द्र खोलाको पुल सिचाइकै स्वामित्वमा छ । पुलसँगै सिचाई अयाोजनका साइफन पनि खोलाले बगाएको छ ।
पुल निमार्णको लागि ठेक्का लागेको सुनसरी–मोरङ सिचाइ आयोजना विराटनगरका प्रमुख आन्न किशोर धामीले जानकारी दिए । सो पुलको निर्माणको ठेक्का २९ करोड ९७ लाख ५७ हजार ७ सय ७१ रूपैयाँमा आशिष समिनारयण आर्शिवाद जे.बी. धरानले लिएको हो ।
गत चैत ३० गते सम्झौता भएको भए पनि निर्माण प्रक्रिया अगाडी बढेको छैन । २०८० सालको भदौ ३० गते पुलको निर्माण कार्य सम्पन्न गरिने सम्झौतामा उल्लेख छ ।
क्याप्सन् ः