ब्लाष्टखबर । सिन्धुपाल्चोककाे भोटेकोशी नदीमा आएर बेपत्ता भएकाहरूकाे  १९ जनाकाे पहिचान खुलेकाे छ ।  पहिराे तथा बाढिले दर्जन भन्दा बढि घर बगाउँदा घाइते भएका हरूकाे उद्धारकार्य पनि शुरू भएकाे छ ।

बेपत्ताको खोजी र उद्धारका लागी नेपाली सेनाका विभिन्न सुरक्षा बेस क्याम्पबाट ४० जनाको टोली परिचालन भएको सेनाले जनाएकाे छ। सो टोलीले सुरक्षाका अन्य निकायसँग मिलेर बेपत्ता मानिसहरूको खोजी कार्य र उद्धारको काममा गर्नेछ । साथै टोलीले क्षतिको विवरण संकलनको कामसमेत गरिरहेको छ ।

काठमाण्डैंबाट गएकाे टाेलि काभ्रे स्थित मंगलटारस्थित बारीमा आकस्मिक अवतरण भएको हेलिकोप्टर केहीबेर अगाडी जम्बुमा अवतरण भएको हो ।

 बेपत्ता हुनेको नामावली

भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीका

१. ९ वर्षका पासाङनोर्वु तामाङ
२. २७ वर्षकी मञ्जु तामाङ
३. छ वर्षकी पायल तामाङ र नाम नखुलेका १० दिनका नाबालक

बाह्रबिसे नगरपालिका – ५, जम्बु

१. भिमबहादुर वाइबा
२. चिनमाया वाइबा
३. लिलामाया वाइबा
४. पासाङदोर्जे वाइबा
५. निमाडोल्मा वाइबा
६. लक्ष्मण वाइबा
७. सुनमाला वाइबा
८. जनकबहादुर थिङ
९. सविना तामाङ
१०. आकाश तामाङ
११. हिमेश शर्मा (मध्यभोटेकोशी आयोजनाका कर्मचारी)
१२. आकाश केसी (जाइका परियोजनाका इन्जिनियर)
१३. तोकबहादुर तामाङ
१४. सलिनी तामाङ
१५. सुरेश तामाङ
१६. युक्तबहादुर तामाङ

स्रोत : जिल्ला प्रहरी कार्यालय