सुनसरी । काेशी किनारमा निगुरो टिप्न गएका सुनसरी वराहक्षेत्र नगरपालिका-११ का २८ वर्षीय संजीव मेहेताको खसेर मृत्यु भएको छ ।

आज बिहान साथीहरूसँग निगुरो टिप्ने क्रममा उनी चिप्लिएर कोशीमा खसेका थिए । तत्काल साथीहरूले उध्दार गरी विराटनगरकाे गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हाे । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।