ब्लाष्टखबर । गएराति आएकाे बाढिका कारण सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिका जस्बु बजारका १५ घर बगाउँदा कम्तिमा १६ जना वेपत्ता भएका छन् । बेपत्ता भएकाहरू मध्ये २ जनाकाे शव फेला परेकाे छ । मृत्यु हुनेहरूमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेका छन् ।
बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएकाे छ । अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको संगै यातायत पूर्णरूपमा अबन्द भएको छ ।
उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।