आज समाजमा एक आहारको रुपमा अण्डाको खुब प्रचारबाजी भएको पाइन्छ । कहा पाइदैन अण्डा । हरेक मोड, दोबाटो, चौबाटो, चियाको दोकान, नास्ताको दोकान, रेष्टुरेण्ट, होटल, यहा“सम्म कि किराना र कोल्ड ड्रिङक्सको दोकानमा समेत पाइन्छ अण्डा । अण्डा फेरि बाल, युवा र वृद्ध सबैलाई मनपर्ने आहार हो । अण्डा खानेहरुको श्रेणी तीन प्रकारका हुन्छन् ।

पहिलो श्रेणीकाले जिब्रोको स्वादका लागि अण्डा खान्छन् भने दोस्रो श्रेणीकाले अण्डा शक्तिबद्र्धक आहार हो भन्ने झूटो भ्रममा परेर खान्छन् । तेस्रो श्रेणीमा त्यस्ता व्यक्तिहरु पर्दछन्,जो अण्डाको प्रशंसा वा प्रचार सुनेर अथवा साथीहरुको लहैलहैमा अण्डा खाने गर्दछन् । सर्दीमा अण्डा अनिवार्य खानुपर्दछ भने मान्यता पनि रहेको छ। किनकि अण्डा खानाले शरीरमा गर्मी र प्रोटिन प्राप्त हुन्छ भन्ने धारणा छ । कतिपय मानिस शक्ति प्राप्त हुने भ्रमले का“चै अण्डा खाने गर्दछन् तर का“चो अण्डा झन हानिकारक हुन्छ ।

उसिनेको अण्डा चा“डै पच्ने हु“दा आन्द्राका रोगीहरुलाई लाभै हुन्छ । ताजा अण्डामा पौष्टिकता ज्यादा हुन्छ । अण्डाको ताजापन जा“च्ने पुरानो तरिका के हो भने अण्डालाई पानमिा डुबाउ“दा ताजा हो भने पूरै डुब्छ अन्यथा डुब्दैन । अण्डाले ‘गठिया’ रोगमा फाइदा गर्छ । टिवीका रोगीलाई अण्डा दिइन्छ तर भारत तथा अन्य देशका वैज्ञानिकहरुले अनुसन्धान गरेर के सिद्ध गरिदिएका छन् भने अण्डाबाट लाभभन्दा हानी नै बढी हुन्छ ।
वैज्ञानिकहरुले शाकाहारीलाई अण्डा खान नहुने र मांसहारीलाई अण्डा चाडै छचोड्द सल्लाह दिएका छन् । अण्डामा पाइने रासायनिक योग निम्न प्रकारका पाइन्छन् ।
एल्युमिनियम– ६० प्रतिशत
प्रोटिन–६.६ प्रतिशत
बोसो–३२ प्रतिशत
कोलस्ट्रोल–१०० मिलिग्राम
पानी–४९ प्रतिशत
क्यालोरी–प्रति औ. ४९ मि.ग्रा.
माथिका चिनहरुबाहेक आइरन र बी कम्प्लेक्स पनि केही मात्रामा पाइन्छ । अण्डाको खोलमा क्याल्सियम पाइन्छ र यो रगत अवरोधक हुन्छ । खोल ब्रदर रोगमा लाभप्रद हुन्छ ।

भारतका स्वास्थ्य तथा पौष्टिकता संस्थानका अध्यक्ष डा. महेन्द्रचन्द्र गुप्ताका अनुसार अण्डा खानुभन्दा नखानु नै वेश हुछ । किनकि हरेक दश अण्डामध्ये नौ अण्डाबाट क्यान्सर पैदा गर्ने डिडिटीको अंश पाइन्छ । अण्डाको रानीले शरीरमाचिल्लो पैदा गर्ने हु“दा हृदयरोगीले त झन अण्डा खानै हु“दैन । का“चो अण्डा सबैको लागि हानिकारक हुन्छ । किनभने त्यसबाट चिलाउने रोग, लुतो र एग्जिमा भन्ने रोग लाग्दछ ।

भारतीय शाकाहार परिषदका निर्देशक डा. एम.के.जैनका अनुसार छालाको अधिकांश रोग अण्डा बढाउन कुखुरालाई दिइने रासायनिक दानाबाट लाग्छ । पा“च वर्षभन्दा कम उमेरका बच्चालाई अण्डा दिनु त झन् विष समान हो । त्यस्ता बच्चाको रोग प्रतिरोधक क्षमता कम हुन्छ र पक्षघात, पोलियो आदि हुन सक्छ ।
प्रसिद्ध डा. गोविन्दराजले आफ्नो प्रयोगबाट सिद्ध गरिदिएका छन् कि अण्डामा नाइट्रोजन, फोस्फोरिक एसिड र बोसोको अधिक मात्रा हुन्छ, जसले शरीरमा तेजाबको घोल निर्माण गर्दछ र त्यसबाट मानिस रोगी हुन्छ । एजेन्सी