ब्लाष्टखबर ।  पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमतिपछि १२ औं दिनका दिन अनसन तोडिएकाे छ । 

कोरोना नियन्त्रणमा सरकारले हेलचक्राइ गरेको भन्दै असार १२ अनसनमा बसेका उनिहरूकाे तर्फबाट तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले हस्ताक्षर गरेर अनसन तोडेका छन् । 

केही दिन अनसनरत उनीहरुको स्वास्थ्य बिग्रिँदै गएपछि ह्याम्स अस्पालमा भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए ।

 आडिटि परीक्षण बन्द गरी पिसिआरकाे दायरा बढाउनु पर्ने, विदेशबाट आएकाहरूकाे क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टाइनको निर्देशिका यसै हप्ता तयार पार्ने  जस्ता कुरामा स्वास्थ मन्त्रालयका प्रतिनिधि र अनसनरत उनिहरूकाे सहमती भएकाे हाे ।

सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

पीसीआर बढाउनुपर्ने, क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने,अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा,लकडाउन खुकुलो बनाउने प्रावधान,सर्वोच्च अदालतका निर्यण कार्यान्वयन लगायतका माग राख्दै इनअफ इज इनफका दुई अभियन्ता अनसन बसेका थिए । उनीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नभए फेरी अनसन बस्ने बताएका छन्।