श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार २३ गते मङ्गलबार, ७ जुलाई २०२० । श्रावण कृष्णपक्षको द्वितीया तिथि ०९ः०५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र श्रवण २३ः५९ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः१५ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आज दबाव र तनाव बढेको महसुस होला । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्नेछ । मन निराश होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिन राम्रै छ । यात्रा फलदायी देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पशु चौपाया तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानी हुनेछ । औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानी होला । प्रेमी–प्रेमिका बीचको दूरी बढेर जाने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारमा शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल कारखाना र व्यापारमा फाइदा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । आज आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा अनुशासित हुनुहोला । अनावश्यक अपजस आउने समय देखिन्छ । पारिवारिक असन्तुलन बढेर जाला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्राको योग देखिन्छ । आर्थिक झन्झट व्यहोर्नु पर्ला । पराक्रम बढ्ने देखिन्छ । दिन सामान्य बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय निकै उत्साहजनक देखिन्छ । सकारात्मक विचार लिएर अघि बढ्नुहोला । समग्रमा दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्नुका साथै धनलाभको योग देखिन्छ । साहित्य, सङ्गीत तथा कलाको क्षेत्रमा रुचि बढ्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा शुभकार्यको चर्चा हुनेछ । मिष्ठान्न भोजनको योग छ । प्रेमपक्षमा प्रगति होला । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा पशु व्यवसायमा सोचेअनुसार प्रगति नहोला । ऐतिहासिक विषयमा रुचि बढ्नेछ । यात्रा कष्टप्रद देखिन्छ ।