ब्लाष्टखबर । धनुषा प्रहरीले कोरोना महामारी फैलिरहेको बेला मास्क प्रयोग नगर्नेहरुमाथी निगरानी सुरु गरेका छन् । सवारी साधन वा पैदल हिड डुल गर्ने अनिवार्य माक्स लगाउन प्रहरीले आग्रह गरिरहेका छन् । 

जनकपुरका विभिन्न स्थानहरूमा बाक्लाे रूपमा प्रहरि परिचालन गरी माक्स नलगाइ बजार क्षेत्रमा हिड्नेहरूलाई कारवाही पनि सुरू गरेकाे छ । हाल सम्म जनकपुरमा मास्क प्रयोग नगर्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिइ संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुसाका प्रहरी सहायक निरिक्षक जयकुमार राउतले बताएका छन् । उनले भने ' जनकपुर क्षेत्र अासपासका केहिलाई यँहा ल्याइएकाे थियाे  धरै पक्राउ परेका छन् उनिहरूलाई अन्य कर्यलयबाटै पनि कारवाहि गरिएकाे छ । हाम्राेमा लगभग ४० जना ल्याइएकाे थियाे '

मास्क प्रयोग नगर्ने उनीहरूलाई संक्रामक रोग ऐनअनुसार प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको उनले बताएका छन् ।