ब्लाष्टखबर । पछिल्लाे समय मानिसहरूमा  काेराेना सक्रमण त्रास घट्दै गएकाे छ । लकडाउन खुकुलाे भएसंगै मानिसहरू अन्य समय जसरी नै घरबाहिर हिडुल गर्ने भेला हुने जस्ता क्रियाकलाहरू भइरहेकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमणलाई मध्यनजर गरेर मापदण्ड बनाएकाे भए पनि समुदायमा त्यसकाे पालना भएकाे देखिदैन ।

यस्ताे अवस्थामा मृह मन्त्रालयले जनस्वास्थकाे मापदण्ड पालना नगरी बाहिर निस्केकाे भेटेमा कार्वाही गर्न निर्देशन दिएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा.जोगेश्वर गौतमले जानकारी गराएका छन् । 

 उने बन्दाबन्दिकाे उल्लघन गर्ने,  माक्स नलगाई हिडेकाे पाइएमा त्यस्ता व्यक्तीहरूलाई गृहले कारवाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएकाे बताएका छन् ।