धरान /  वन कार्यालयको सहयोगमा धरान १४ नं. वडा कार्यालयले स्थानीयलाई बिरुवा वितरण गरेको छ ।
धरान–१४ विजयपुरका स्थानीयलाई टिक, अमला, टाँकी, तेजपत्तालगायत विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको हो । शुक्रबार वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, इलाका वन कार्यालयका रेञ्जर ईश्वरी बाँस्तोलालगायतले बिरुवा वितरण गरेका हुन् ।

त्यसै पनि हरियाली रहेको धरानका विभिन्न वडामा अझै हरियाली बढाउन बिरुवा वितरण गरिएको रेञ्जर बाँस्तोलाले बताए । वडाध्यक्ष भट्टराईले बिरुवा रोप्न चाहनेलाई वडाले पनि बिरुवा उपलब्ध गराउने बताए । वडा नं. १४ ले एक घर दुई विरुवा रोपेर घर वरिपरि हरियाली अभयिान चलाएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।