श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार २० गते शनिबार, ४ जुलाई २०२० । आषाढ शुक्लपक्षको चतुर्दशी तिथि ११ः१३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मूल २३ः५१ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१४ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शारीरिक आलश्यता बढेर जानेछ । सामाजिक काममा मन जानेछ । भविष्यको चिन्ताले सताउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्राको योग छ । मनोरञ्जनका सामग्रीमा खर्च होला । औद्योगिक क्षेत्रको लगानी रामै्र होला । समय ठीकै छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अनावश्यक चिन्तामा दिन बित्नेछ । नसोचेको दुःख आइपर्ला । स्त्रीलिङ्गीको सम्बन्धमा उत्तार–चढाव आउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पति–पत्नीबीचको सम्बन्ध सुध्रिएला । पारिवारिक सद्भावमा खट्पट हुनेछ । मन अशान्त रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक कलह हुने योग छ । अन्तर्राष्ट्रिय विषयमा चासो बढेर जाला । प्रेमपक्ष भने सामान्य छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक रोजगारका समस्यामा फसिएला । अनावश्यक यात्रा हुनेछ । प्रेममा असफल हुने योग परेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारमा शुभकार्यको आयोजना होला । आफन्तबाट अप्रिय समाचार सुन्नु पर्ला । दिन सामान्य रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सभा–समारोहमा सरिक भइएला । दैनिक कार्यमा अवरोध आइपर्ला । प्रिय व्यक्तिस“ग छुट्टिनु पर्ने सम्भावना रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा तत्जन्य व्यवसायमा सोचेजस्तो प्रगति नहोला । अध्ययन–अध्यापनको क्षेत्रमा आजको दिन उत्तम देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम पूरा भएर जानेछ । सामाजिक मर्यादा अभिवृद्धि हुनेछ । प्रेम–प्रसङ्ग सफल हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनस“ग पुनर्मिलनको योग छ । प्रेम–सम्बन्धको लागि श्रेष्ठ दिन रहेको छ । सा“झपख शुभसमाचार आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । उपहार हात पर्नेछ । शिक्षामा सफलता मिल्ने देखिन्छ ।