श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १९ गते शुक्रबार, ३ जुलाई २०२० । आषाढ शुक्लपक्षको त्रयोदशी तिथि १२ः४७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र ज्येष्ठा २३ः२३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१४ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आफ्ना नातागोता वा परिवारस“ग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नया“ स्रोत पत्ता लाग्नेछन् । दिन ठीकै देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक यात्राको योग देखिन्छ । आ“टेका काममा सफल भइएला । प्रेममा सुमधुरता छाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक यात्रा होला । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा सफल भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले समर्थन प्रदान गर्नेछन् । कामकाजहरू सफल होलान् । लेनदेनका विषयमा विचार पु¥याउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिनक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणय प्रस·का लागि उत्तम समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक आलश्यता बढेर जाला । काम गर्ने जोस, जा“गर घट्नेछ । यात्रामा सरिक हुने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक व्यापार घाटा होला । आम्दानीभन्दा बढी खर्च हुने देखिन्छ । अनुशासित रहनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आधुनिक विषयको अध्ययनमा मन जानेछ । धन खर्च हुने दिन देखिन्छ । विशेष विचार गर्नु भए राम्रो होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्रत्यासित खबरले स्तब्ध बनाउला । धनार्जन भए पनि मन अशान्त हुनेछ । प्रेममा असफल भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धातु तथा तत्जन्य व्यवसायमा केही सुधार आउला  । निर्माण कार्यमा अघि बढ्दा राम्रै देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीर अस्वस्थ रहला । काममा विशेष विचार पु¥याउनु होला । नसोचेको साथीबाट धोका पाइनेछ ।