श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १८ गते बिहीबार, २ जुलाई २०२० । आषाढ शुक्लपक्षको द्वादशी तिथि १४ः४१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अनुराधा २३ः२३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१३ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
विपरीतलिङ्गीप्रति आकर्षण बढेर जाला । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कीर्तिमानी कार्य गर्ने समय छ । चतु¥याइ“ले सङ्कल्प सिद्ध हुनेछ । बोलेको कुरा पूरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ ज्ञानको बाटो खुल्नेछ । सामाजिक काममा मन जाला । फलदायी यात्राको योग देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छैन । व्यापारिक कार्यमा लगानी डुब्ने सम्भावना छ । परिवारमा असन्तुष्टि बढेर जाला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यमा सफलता प्राप्त होला । ऐतिहासिक विषयको अध्ययनमा रुचि बढेर जाला । थालेको कामले तीव्रता पाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानी होला । दिन सामान्य रूपमा बित्नेछ । मित्रजनको सहयोग मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समग्रमा दिन उत्तम छ । अध्ययनमा रुचि बढाउनुहोला । सामाजिक काममा भने आलोचना हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायमा राम्रै आम्दानी होला । अनुशासित भएर कामकाजमा लागे सफल भइनेछ । रमाइलो यात्राको योग देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । आजको यात्रा फलदायी हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्राको योग परेको छ । विलासी तथा मनोरञ्जनका साधनमा धन खर्च होला । शरीर केही अस्वस्थ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्त्रीलिङ्गीको सल्लाहमा काम गरेमा सफल भइएला । आफन्तजनको सहयोग प्राप्त हुनेछ । दिन समान्य बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सभा समारोहमा सरिक भइएला । आफन्तजनले धोका दिनेछन् । संयमित भएर कामकाज गर्नुहोला ।