श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १७ गते बुधबार, १ जुलाई २०२० । आषाढ शुक्लपक्षको एकादशी तिथि १६ः५० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र विशाखा २६ः३८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः१३ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यक्षेत्रमा विशेष लाभ मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । महिला मित्रको विशेष सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । नया“ कार्यको शुभारम्भ होला । रमाइलो वातावरणमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा फसिएला । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीको तुलनामा खर्च अत्यधिक बढेर जानेछ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धातु तथा तत्जन्य कार्य–व्यवसाय मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ । रमाइलोस“ग दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।