श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १५ गते सोमबार, २९ जुन २०२० । आषाढ शुक्लपक्षको  नवमी तिथि २१ः३८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र हस्ता ७ः२३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग प्राप्त भइरहला । बहुमूल्य वस्तु उपहारमा प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीर अस्वस्थ रहला । गरिराखेको कार्य– व्यवसायबाट मन अघाउन सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सावधानी अपनाउनु होला ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । पारिवारिक सहयोग प्राप्त भइरहला । रमाइलोस“ग दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । परिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।                                                
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया“ कार्य–व्यवसायको शुभारम्भ होला । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । रोकिएको काम सुचारु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । जीवनसाथीको सल्लाहमा गरिएका कामकाजहरूबाट सफलता मिल्नेछ । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
माया–प्रेममा बाधा साथै बन्न लागेको काममा समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
नया“–नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । महŒवपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्राप्त होला । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । लामो समयदेखि रोकिएका कामले निरन्तरता पाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।