धरान/सामाजिक काम र व्यापार व्यवसायमा राम्रो प्रगति गरिरहेका धरानका युवा एवं कांग्रेसका क्षेत्रीय सदस्य प्रताप भट्टराईले झुण्डिएर आत्महत्या गरेको घटनाले छिमेकीहरू आश्चर्यमा परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीको टोलीले मुचुल्का उठाएका छन् । आत्महत्याको कारण भने खुलिसकेको छैन । उनकाे आजै इटहरीमा अन्त्येष्टि गरिएकाे छ ।

‘सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण उनका शुभचिन्तिकहरूको घरमा भिड लागेको छ । धेरै शुभचिन्तिकहरू भएको मान्छे समाजमा सबैलाई अर्ति उपदेश दिएर हिँड्ने मान्छे आफैँ आत्महत्याको बाटो रोज्यो भन्दा आश्चार्य लागेको छ’ धरान–१४ का प्रा.डा. टंक न्यौपानेले भने ।

उनी धरान–३ स्थित सिंहदेवि चोकमा साथीसँग पूजाका सामाग्री पाइने पसल संचालन गरेर बसेका थिए । व्यापार व्यवसायी र पण्डितयाई राम्रो जमाएर बसेका भट्टराई एक्कासी आत्महत्या गरेको सुन्दा छिमेकी नै आश्र्चायमा परेका छन् ।

दुई महिनाकी सुत्केरी श्रीमती माइत गएको बेला २८ वर्षीय भट्टराईले कोठामा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । सामाजिक काम अग्रसर भट्टराई प्रदेश सांंसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव पनि हुन् ।

कोठामा पंखामा झुण्डिएको अवस्थामा भट्टराईलाई आज बिहान फेला परेका थिए । श्रीमती भर्खरै सुत्करी भएकोले उनी माइत गएका बेला आत्महत्या गरेका हुन् ।

उनी एक्लै भएका कारण बिहान ९ बजे मात्र उनले आत्महत्या गरेको थाहा भएको थियो । राति ९ बजेसम्म उनी बजारमा रहेको उनका साथीहरुले बताए ।