श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १३ गते शनिबार, २७ जुन २०२० । आषाढ शुक्लपक्षको सप्तमी तिथि २६ः३३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वफाल्गुनी १०ः३४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।
 
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । कार्य– व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । रमणीय स्थानको भ्रमण होला ।
 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।
 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संग्लन हुने अवसर मिल्ला । साथीभाइहरूसित भेटघाट होला ।
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण होला । धार्मिक यात्राको योग छ ।
 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् ।
 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययन– अध्यापनमा रुचि बढ्नेछ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् ।
 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा हर्ष, उम· र उत्साह छाउला । आदर्श व्यक्तिस“गको सहकार्यले नया“ कामको शुभारम्भ हुनेछ ।
 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवासयमा मन जानेछ । नया“ कामको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण हुनेछ ।
 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी छाउला ।
 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । रमाइलोस“ग दिन बित्ला ।
 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । सरकारी निकायबाट विशेष मानसम्मान मिल्ला ।