ओखलढुंगा । ओखलढुंगा लिखुमा बिरामी लिन गएकाे एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

लिखु गाउँपालिकाको प्रदेश नं. ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स गाउँपालिकाको ६ नम्बर वडा स्थित गाम्नाङटार दुर्घटना हुदा चालक वडा नं. ४ का  २२ वर्षीय  सुदर्शन खत्रीको घटनास्थलमा नै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

वडा नं. ४ बाट  वडा नं. ६ गाम्नाङटार तर्फ विरामी लिन गएको उक्त कात्तिके भिरबाट अन्दाजी २ सय मिटर तल एम्बुलेन्स खसेको प्रहरी कार्यालयले जनाएकाे छ ।