धरान/धरान उपमहानगरपालिकाले अव ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ गर्ने भएको छ ।

जनजातिकाे सहर भनेर चिनिएको धरानमा अब तीन पाने रक्सीलाई ब्रान्डिङ गर्ने गरी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । 

उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बुधबार प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमकाे १३० नम्बर बुँदामा उक्त कुरा समेटिएकाे छ । 

‘‘आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिने छ । यसका लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिने छ ।’

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बङ्गुरलाई व्यवसायीकरण गरी धरानको आर्थिक समृद्धिसँग जोडिने कार्यक्रम लागू गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ । 

104750759_2620140311537817_6155856425134507641_o