ब्लाष्टखबर । हिजाे ४ सयले घटेकाे सुनकाे भाउमा ५ सयले बृद्धि हुँदा आज सुनको भाउ अहिलेसम्मकै महँगाे बनेकाे छ ।
हिजो प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउमा ५ सयले बृद्धि हुदाँ सुनको भाउ अहिलेसम्मकै महंगो भइ ९१ हजार १ सय रुपैयाँ पुगेको छ ।
साेमबार ताेलाकाे ९१ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ४ सयले घटेर ९० हजार ६ सय रुपैयाँ प्रति ताेलामा कारोबार भएको थियो ।
हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीमा ५ रुपैयाँ बढेसंगै आज तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ पछिल्लाे समय सुनकाे भाउ बढेसंगै बजारमा सुनचाँदीको कारोबार ठप्प जस्तै भउकाे छ । लगातार भाउमा बढिरहदाँ सुन खरीद गर्ने भन्दा बेच्ने बढेकाे सुनचादि व्यावसायीहरू बताउछन् ।